आज पनि वैकल्पिक बाटो प्रयोग गरेर सर्वोच्च छिरे प्रधानन्यायाधीश

आज पनि वैकल्पिक बाटो प्रयोग गरेर सर्वोच्च छिरे प्रधानन्यायाधीश

केन्द्रबिन्दु
0
Shares

राजीनामा माग्दै नेपाल बार एसोसिएसनले अदालत प्रवेशमा रोक लगाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक गेट प्रयोग गरेर अदालत प्रवेश गरेका छन्। 

कानुन व्यवसायीले सर्वोच्च प्रवेश गर्ने मुल ढोका र महान्यायाधिवक्ता कार्यालय अघिका दुईवटा गेटमा धर्ना दिएपछि जबरा तेस्रो गेटबाट प्रवेश गरेका हुन्। 

अदालत छिर्न सर्वोच्च अदालतअघि दुईवटा, नेपाल बार एसोसिएसन कार्यालय छेउमा अर्को, महान्यायाधिवक्ता कार्यालयभित्रबाट छिर्ने अर्को सानो ढोका र सिंहरदरवार भित्र रहेको अदालतको एनेक्स भवनमा अर्को गेट छ। 

जबरा अघिल्ला ढोका बन्द भएपछि एनेक्स भवनपट्टीको गेटबाट अदालत प्रवेश गरेका हुन्। यसअघि उनले निवासबाटै मुद्दाको पेसी तोकेका थिए।

Logo