नेपाली पौरख र गौरव भित्र लुकेका सम्पदाहरूको खोजी र प्रकाशन आजको आवश्यकता: देउवा

नेपाली पौरख र गौरव भित्र लुकेका सम्पदाहरूको खोजी र प्रकाशन आजको आवश्यकता: देउवा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर बसेका सम्पदाहरूको खोजी र प्रकाशन आजको आवश्यकता भएको बताएका छन् ।

आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठक समुद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर बसेका सम्पदाहरूको खोजी र प्रकाशन आजको प्रमुख आवश्यकता भएको बताएका हुन् । उनले आगामी दिनमा प्रतिष्ठानले प्राज्ञिक अध्ययन अनुसन्धानबाट नेपालको विविध भाषाभाषी, जातजाति, समुदायका मौलिक संस्कृति कलाहरूलाई समेटेर उनीहरुको संरक्षण, सवद्र्धन, उन्नतिका क्षेत्रमा थप प्रयास गर्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले नेपालका खोलानाला, जातजाति, भाषाभाषी, भेषभुषालगायतको छुट्टै पहिचान रहेको बताउँदै संस्कृतिको संरक्षणमै देशको सफलता रहेको बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘आगामी दिनमा पनि प्रतिष्ठानले प्राज्ञिक अध्ययन अनुसन्धानबाट नेपालको विविध भाषाभाषी, जातजाति, समुदायका मौलिक संस्कृति कलाहरूलाई समेटेर उनीहरुको संरक्षण, सवद्र्धन, उन्नतिका क्षेत्रमा थप प्रयास गरिरहनेछ भन्ने मैले विश्वास लिएको छु, यहाँका हिमाल, पहाड, तराई, खोलानाला, गुम्बा, नेपालका आफ्नै कथाहरू छन्, प्रत्येक जाती र संस्कृतिसँग जोडिएका अनगिन्ती प्राज्ञिक कुराहरू छन्, नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर बसेका कयौँ सम्पदाहरू छन्, यिनको खोजी र प्रकाशन आजको प्रमुख आवश्यकता हो ।’

प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले नेपालको भाषा, साहित्य, संस्कृतिलाई विश्वसामु चिनाउनु पर्ने बताएका छन् । उनले देश भौतिकरुपमा जति नै सम्पन्न भए पनि देशको सांस्कृतिक पक्ष कमजोर भएमा अपेक्षित सफलता हात पार्न नसक्ने बताए । प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र लगायतका विषयहरूमा केन्द्रित रहेर अध्ययन, अनुसन्धान, गोष्ठी, सम्मेलन, कार्यशाला प्रकाशनका माध्यमबाट राष्ट्रियताको लागि र राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि ऐतिहासिक काम गरिरहेको बताएका छन् । 

Skip This
Skip This
Logo