प्रस्तावित तीन राजदूतविरुद्ध उजुरी परेन, २ मंसिरपछि सुनुवाइ हुने

प्रस्तावित तीन राजदूतविरुद्ध उजुरी परेन, २ मंसिरपछि सुनुवाइ हुने

केन्द्रबिन्दु
0
Shares

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित तीन राजदूतविरुद्ध व्यक्तिगत उजुरी नपरेको जनाएको छ। भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्दै समितिले उजुरी आह्वान गरे पनि नपरेको हो। 

दुई हप्ताअघि १६ कात्तिकमा भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको समितिले संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाएको थियो।

उनीहरूविरुद्ध उजुरी दिन समितिले दिएको १० दिनको समयमा व्यक्तिगत उजुरी नपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले न्युज कारखानालाई जानकारी दिए। 

‘प्रस्तावित राजदूतहरूविरुद्ध व्यक्तिगत उजुरी परेन। एउटा समावेशी प्रतिनिधित्व भएन भन्दै उजुरी परेको छ’, सभापति कर्णले भने। 

उनका अनुसार अब २ मंसिरपछि उनीहरूको सुनुवाइ हुनेछ। गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले तीन जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो।

संसदीय सुनुवाइबाट नाम अनुमोदन भएमा नियुक्ति प्रक्रियाअघि बढ्ने संवैधानिक व्यवस्था छ। 

Skip This
Skip This
Logo