कांग्रेस अधिवेशन: कैलालीका सात स्थानमा टुङ्गो लाग्यो प्रदेश सभा सभापति

कांग्रेस अधिवेशन: कैलालीका सात स्थानमा टुङ्गो लाग्यो प्रदेश सभा सभापति

केन्द्रबिन्दु
0
Shares

कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रवार देखी सुरु भएको पालिका अधिवेशन अन्तर्गत कैलालीका सातै वटा प्रदेश क्षेत्रमा सभापति चयन भएका छन् । 

कांग्रेस कैलालीका महाधिवेशन प्रचारप्रसार समिति सभापति नृप सुनारका अनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन क्षेत्र (क) २ मा बलिराम चौधरी सर्व सहमत चयन भएका छन् । १ को निर्वाचन क्षेत्र (ख) मा सर्व सहमतका लागि प्रयास जारी रहेको छ । यसै गरी, क्षेत्र नम्बर २ को (क) क्षेत्रमा भीम जैसी र (ख) मा तेजप्रकाश मल्ल निर्वाचित भएका छन् । 

सुनारका अनुसार निर्वाचन क्षेत्र नम्बर ३ को (क) मा रामप्रकाश चौधरी र २ मा कमलराज चौधरी निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नम्बर ४ को (क) मा काशीराम शर्मा र (ख) क्षेत्रमा गोपाल भट्ट निर्वाचित भएको प्रचारप्रसार समिति संयोजक सुनारले बताए । उनका अनुसार कैलाली क्षेत्र नम्बर ५ का दुई वटै प्रदेश क्षेत्रमा नेतृत्व चयन हुन सकेको छैन । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को (ख) मा सभापतिका लागि चार जना आकांक्षी छन् । शनिवार बिहानसम्म सर्वसहमको लागि प्रयास जारी रहे पनि सहमति नभएको उनले बताए । उनका अनुसार क्षेत्र नम्बर ५ को (ख) मा सभापतिका लागि रुपेश स्वार, धर्म उपाध्याय, केशव जोशी र मानबहादुर चौधरीले दाबी गर्दै आएका छन् । यसै गरी, क्षेत्र नम्बर ५ कै (क) मा पनि दुई जनाले सभापतिमा दाबी गरिरहेका छन् । (क) क्षेत्रमा  सीताराम राना र कुम्भ गिरीले सभापतिमा दाबी गरेका छन् ।

Skip This
Skip This
Logo