प्रकाशमान सिंहले भने वीपी, गणेशमान र किसुनजीले देखेको सपना मैले पूरा गर्नसक्छु

प्रकाशमान सिंहले भने वीपी, गणेशमान र किसुनजीले देखेको सपना मैले पूरा गर्नसक्छु

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापन नेताहरूको सपना आफूले पूरा गर्न सक्ने बताएका छन् ।

शनिवार काठमाडौंमा भएको ‘बानेश्वरको सेरोफोरो पुस्तक’को लोकार्पण कार्यक्रममा उनले पार्टीका संस्थापक नेताहरूले जनता र देशका लागि देखेको सपना पूरा गर्न आफू सक्षम भएको बताए ।

‘किसुनजी, गणेशमानजी, विपीजीको जनताको जीवनयापन सहज बनाउने सपना थियो । उहाँहरूले विकसित नेपालको सपना राख्नु भएको थियो । त्यो सपना तपाईँहरूको सहयोगबाट पूरा गर्न सक्छु भन्ने विश्वास छ,’ उनले भने । जनताका प्रतिनिधि भएपछि जस्तोसुकै अवस्था पनि फिट हुनसक्ने क्षमता हुनुपर्ने उनको भनाइ थियो ।

साथै नेता सिंहले बानेश्वरको पहिलो अवस्था थाहा पाउनको लागि ‘बानेश्वरको सेरोफेरो पुस्तक’ पढ्नुपर्ने बताए । बानेश्वर नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण स्थान रहेको उनको भनाइ थियो ।

Logo