कांग्रेस धनुषाको पालिका र प्रदेशसभा क्षेत्रीय निर्वाचन आज

कांग्रेस धनुषाको पालिका र प्रदेशसभा क्षेत्रीय निर्वाचन आज

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस धनुषाको पालिका तथा प्रदेश सभा क्षेत्रीय निर्वाचन आइतबार (आज)  हुने भएको छ। 

निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले शनिबार सूचना प्रकाशित गरी प्राविधिक कारणले स्थगित गरिएको कांग्रेस धनुषाको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन आइतबार हुने जनाएका छन्।

शुक्रबार नै सूचना प्रकाशित गरी प्राविधिक समस्याका कारण धनुषाका पालिका तथा प्रदेश सभा क्षेत्रीय निर्वाचन अनिश्चितकालको लागि स्थगित गरिएको जानकारी दिइएको छ।

पार्टीका वडा निर्वाचनमा खटिएका मतदान अधिकृत, जिल्ला निर्वाचन अधिकृतलाई समयमा प्रतिवेदन नबुझाउनु, कतिपय वडा अधिवेशनको विवाद भई उजुरी परेको लगायतका प्राविधिक कारणले पालिका र प्रदेश सभा क्षेत्रीय निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृतको भनाई छ। 

पार्टीको वडा अधिवेशनमा क्रममा पार्टीका उपाध्यक्ष बिमलेन्द्र निधि समर्थकहरूले  प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवविरुद्ध धनुषाको फुलगमान विरोध गरेपछि निधिको आफ्नै गुटभित्र विवाद उत्पन्न भएको थियो। उक्त विवाद साम्य गर्न शुक्रबार निधिले दुवै पक्षलाई मिलाएपछि निर्वाचन अधिकृतले स्थगित गरेका पालिका र प्रदेश सभा क्षेत्रीय निर्वाचनको मिति पुनः घोषणा गरेका हुन्। 

Skip This
Skip This
Logo