नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट भक्तपुर क्षेत्र नम्बर १ (क) मा सभापति चयन भएको छ। जिल्लाको क्षेत्रको नम्बर १ (क) चाँगुनारायण प्रदेश सभापतिमा जयन्द्र खड्का विजयी भएका छन्। उनले प्रत्यासित जनक खत्री र मधुराम ढुंगानालाई क्रमश ४० र १२९ मतले पछि पारेका हुन्। खड्काले १४७ मत पाउँदा खत्रीको १०७ र ढुंगानाले १८ मत प्राप्त गरे।
यसैगरी उपसभापतिमा रमेश केसी र दिनेश अवालले जितेका छन्। सचिवमा रोशन तिमिल्सिना र शिवहरी थापा निर्वाचित भएका छन्। संजीव पुरी र सरिता थापा उपसचिव पदमा चुनिएका छन्।
खुलातर्फको प्रदेश प्रतिनिधि आदिवासीतर्फ लक्ष्मण श्रेष्ठ र ज्ञानेन्द्र तामाङ, यस्तै खुलातर्फको प्रदेश प्रतिनिधि खस आर्यतर्फ राजकुमार खड्का र दधिराम खड्का, यस्तै खुल्लातर्फको प्रदेश प्रतिनिधि खस आर्य महिलामा संगीता दुलाल चुनिएका छन्।
यस्तै खुल्लातर्फको प्रदेश प्रतिनिधि खुल्लामा माधवप्रसाद न्यौपाने, शिवराम पुरी, गणेशप्रसाद फुयाँल, जोशना बस्नेत र सुमन तामाङ र यस्तै खुल्लातर्फको प्रदेश प्रतिनिधि महिलामा साधना मल्ल ठकुरी, निर्मला केसी र मिरा वाग्ले थापा चुनिएका छन्।































प्रतिक्रिया