कांग्रेस ललितपुर ३ सभापतिमा महेश्वर थापा विजयी

कांग्रेस ललितपुर ३ सभापतिमा महेश्वर थापा विजयी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको ललितपुर क्षेत्र नम्बर ३ सभापतिमा महेश्वर थापा विजयी भएका छन्। 

२१० मत ल्याएर उनी विजयी भएका हुन्। सभापतिका अर्का उम्मेद्वार विश्वराज तुलाधरले १८५ मत पाएको मतदान अधिकृत सुरेश घिमिरेले बताए। 

थापासँगै कार्यसमिति सचिवमा उत्तमकुमार थापा २०७ र जगतबहादुर महर्जन १९२ मत ल्याएर विजयी भए। 

सहसचिव सुन्दरकृष्ण महर्जन २१६ र राजु बस्नेत १९४ मतसहित विजयी भएकाे घिमिरेले बताए।

Logo