माओवादीबाट आएका नेताले पनि मत ल्याएर निर्वाचित हुनुपर्छ: केपी ओली

माओवादीबाट आएका नेताले पनि मत ल्याएर निर्वाचित हुनुपर्छ: केपी ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको व्यवस्थापन महाधिवेशनले गर्ने बताएका छन् । 

महाधिवेशनको पूर्व सन्ध्यामा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले महाधिवेशनमा चुनाव लडेर ल्याउने मतले नै नेताहरूको व्यवस्थापन गर्ने बताए । 

माओवादी त्यागेर एमाले प्रवेश गरेका नेताहरूको व्यवस्थापनबारे गरिएको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘यो पक्ष र त्यो पक्षका व्यवस्थापनमा अल्झने होइन । अहिलेको व्यवस्थापन चुनाव लडेर भोट ल्याउने हो । यसको पक्षबाट यति जना, पदाधिकारी, स्थायी कमिटी र केस बन्दैन ।   महाधिवेशनबाट अन्तरघुलित भएर अघि बढ्छौँ ।’

एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ । फईल तस्बिर

Skip This
Skip This
Logo