कांग्रेसको १४औँ महाधिवेशनः रुपन्देही १ र २ मा पौडेल पक्षको वर्चश्व, पाल्पामा देउवा समूह क्लिन स्वीप

कांग्रेसको १४औँ महाधिवेशनः रुपन्देही १ र २ मा पौडेल पक्षको वर्चश्व, पाल्पामा देउवा समूह क्लिन स्वीप

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर १ र २ को क्षेत्रीय अधिवेशनबाट रामचन्द्र पौडेल पक्षका उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्बर १ को सभापतिमा हिराबहादुर केसी र २ को सभापतिमा हरि लम्साल निर्वाचित भएका हुन्। उनीहरु दुवैजना दोस्रो कार्यकालका लागि सभापति बनेका हुन्।

विजयी केसीले ३९६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी विश्वनाथ यादवले २१५ मत ल्याए। सचिवमा वैजनाथ साहनी र विजय गुरुङ तथा सहसचिवमा नरबहादुर थापा र मोहम्मद रजा पठान निर्वाचित भएका छन्।

क्षेत्र नम्बर २ मा मतगणना चलिरहँदा मंगलबार साँझ दुई पक्षबीच कुटाकुट भएपछि रोकिएको मतगणना राति ११ बजेदेखि फेरि सुरु भएको थियो। सभापतिमा लम्सालले १६० मतको अन्तरले देउवा पक्षका काजीमान श्रेष्ठलाई पराजित गरेका छन्। लम्साल ४०२ मतका साथ विजयी भए भने श्रेष्ठले २४२ मत मात्र प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत टिकाराम शर्माले बताए।

सचिवमा भने देउवा खेमाका प्रजापाल गिरी र पौडेल पक्षका विमलराज भट्टराईले जित हासिल गरेका छन्। सचिवमा निर्वाचित गिरीले ४२९ मत र भट्टराईले ३६८ मत प्राप्त गरेका छन्।

सहसचिवमा पौडेल पक्षका मिलन थापा ३५१ मत र राजबहादुर क्षेत्री ३४० मतसहित विजयी भएका छन्। महाधिवेशन प्रतिनिधिमा पनि मिश्रित परिणाम आएको प्रमुख निर्वाचन अधिकृत शर्माले जानकारी दिए।

पाल्पामा पनि उस्तै
पाल्पामा पनि कांग्रेसको क्षेत्रीय अधिवेशनमा देउवा समूह क्लिन स्वीप भएको छ। दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा दुवै क्षेत्रमा पौडेल पक्षले बाजी मारेको हो। पाल्पाको क्षेत्र नम्बर १ मा पौडेल समूहको नेतृत्व गरेका झमन मगरको प्यानल विजयी भएको छ। सभापतिमा मगर ४८८ मतका साथ विजयी भए भने अर्का प्रतिस्पर्धी देउवा समूहका विष्णु बस्नेतले १०२ मत प्राप्त गरे। महाधिवेशन प्रतिनिधिमा पनि पौडेल समूहका प्रतिनिधि विजयी भएका छन्। 

पाल्पा क्षेत्र नम्बर २ मा पनि पौडेल समूहको प्यानल विजयी भएको छ। क्षेत्रीय सभापतिमा मुक्तिराम जिसी विजयी भएका छन् भने महाधिवेशन प्रतिनिधि पनि सबै पौडेल समूहका विजयी भएका छन्। सभापतिमा जिसीले ४६० मत ल्याए भने पराजित यादवसिंह कार्कीले २१४ मत प्राप्त गरे।

Skip This
Skip This
Logo