नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
उनले मंगलबार पत्रकार सम्मेलन गरी आफू पूर्णरूपमा राजनीतिको मूलधारमा सक्रिय हुन पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको जानकारी गराए। कांग्रेसको पूर्णकालीन राजनीतिमा प्रवेश गरेसँगै आगामी दिनमा आफू कार्यरत मिडियाको सम्पादकीय नेतृत्वबाट अलग भएको र युनियनको राजनीतिमा समेत नफर्कने उनको भनाइ थियो।
महासचिव शिवाकोटीले आफूले पेसागत संस्थामार्फत लोकतन्त्रलाई बल पुग्ने गरी विभिन्न योगदान गरेको दाबी गर्दै यो पटक प्रत्यक्ष राजनीतिको मूलधारमा किन प्रवेश नगर्ने भनेर नै आफू यसअघि महाविधेशन प्रतिनिधिको निर्वाचनमा होमिएको अवगत गराए।
कांग्रेसको हालै सम्पन्न प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनमा उनी दोलखाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए। कांग्रेस विधानअनुसार केन्द्रीय समितिमा उम्मेदवारी दिन महाधिवेशन प्रतिनिधि हुनु अनिवार्य छ। कांग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ।































प्रतिक्रिया