नेकपा एमालेका सचिव योगेश भट्टराईले आफू १० औँ महाधिवेशनमा सचिवको उम्मेदवार रहने केन्द्रविन्दुसँगको कुराकानीमा बताएका छन् । उनले अहिले नै आफू माथिल्लो पदमा जान नखोजेको भन्दै माथिल्लो पदमा जान हतार नभएको बताए ।
प्रचार विभाग प्रमुखसमेत रहेका उनले एमालेको १०औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
उद्घाटन सत्रका लागि मञ्च व्यवस्थापनको काम र बन्द सत्रका लागि हल निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उनले नारायणी नदी किनारमा गैँडाकोट तर्फ पनि बसेर हेर्नका लागि व्यवस्था गरिएको जानकारी दिएका छन् ।
अहिले नेपालको सम्पूर्ण ध्यान चितवन केन्द्रित भएको भन्दै उनले प्रतिनिधि र नेता यहाँ आउने क्रम सुरु भएको बताएका छन् ।































प्रतिक्रिया