कांग्रेस अधिवेशन: अछामकाे क्षेत्र नं. १ मा खसेकोभन्दा १८ मत बढी भेटियाे

कांग्रेस अधिवेशन: अछामकाे क्षेत्र नं. १ मा खसेकोभन्दा १८ मत बढी भेटियाे

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस अछामकाे दुवै निर्वाचन क्षेत्रमा मंगलबार भएकाे अधिवेशनअन्तर्गतकाे चुनावकाे मतगणना भइरहेको छ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा भने अन्तिम मत परिणाम सार्वजनिक हुने तयारीमा छ। 

निर्वाचन क्षेत्र नं. १ मा भने खसेको मतभन्दा बढी १८ मत पेटिकामा भेटिएका छन् । ७६४ मतदाता रहेको निर्वाचन क्षेत्रमा ७४७ मत खसेको भए पनि ७६५ मतपत्र भेटिएका छन् ।

खसेकाेभन्दा बढी मतपत्र भेटिएपछि अहिले सराेकारवालाहरू छलफलमा जुटेकाे निर्वाचन अधिकृत गणेशप्रसाद ढुंगानाले बताए। 

अपडेट : फर्जी मत खसेको भन्दै अछाम १ मा मतगणना स्थगित 

फर्जी मत खसेको भन्दै अछाम १ मा कांग्रेस अधिवेशनको मतगणना स्थगित भएको छ । अछाम क्षेत्र १ मा मतदाताभन्दा १८ मत बढी भेटिएको भन्दै मतगणना कार्य स्थगित भएको हो । 

कुल मतदाता संख्या ७६४ रहेको क्षेत्र १ मा ७५७ मत खसेको निर्वाचन कमिटीले जनाएको थियो । मत गणनाको क्रममा ४१७ मतगणनापछि बाँकी रहेका मतपेटिका खोलेर जम्मा मतपत्र संख्या ७७५ पुगेको उम्मेदवारहरूले बताएका छन् ।
 

Logo