नेकपा एमालेको १० औँ महाधिवेशन प्रतिनिधिहरूले बारकोडसहितको परिचय पत्र र झोला आफू बसेकै होटलमा पाउने भएका छन् ।
एमालेले यस पटकको दसौँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको परिचय पत्र प्रविधियुक्त बनाएको छ । बन्द सत्रमा प्रवेश गर्दा, मतदानमा भाग लिँदा, खाना खाने बेला बारकोडको माध्यमबाट स्क्यानिङ गर्नुपर्ने केन्द्रीय सदस्य एवं स्वयंसेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठले बताए छ ।
गत असोजमा ललितपुरमा भएको एमालेको प्रथम विधान महाधिवेशनमा देशभरबाट ६ हजारको संख्यामा प्रतिनिधि सहभागी हुँदा व्यवस्थापन गर्न कठिनाइ भएकाले प्रतिनिधिले परिचय पत्र पाउन निकै सकस भएको थियो ।
कतिपय महाधिवेशन प्रतिनिधिहरूले अन्तिम दिनसम्म पनि प्रतिनिधि परिचय पत्र पाएका थिएनन् । महाधिवेशन सकिएपछि परिचय पत्र जिल्लामा पठाइएको थियो ।
तर, विधान महाधिवेशन भएको दुई महिनापछि आयोजना हुन गइरहेको एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा भने यो समस्या नहुने संयोजक श्रेष्ठले बताएका छन् ।
एमाले केन्द्रीय सदस्य एवं महाधिवेशन मूल आयोजक कमिटीका सदस्य कपिलदेव पोखरेलले सौराहमा ३५ सय कोठाहरू प्रतिनिधिका लागि छुट्टाइएको भन्दै व्यवस्थापनको सबै तयारी सकिएको बताएका छन् ।































प्रतिक्रिया