कांग्रेस होसियार ! प्रचण्डले सिध्याउलान्: केपी ओली

कांग्रेस होसियार ! प्रचण्डले सिध्याउलान्: केपी ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई बिगार्न सक्ने टिप्पणी गरेका छन्। 

युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै ओलीले प्रचण्डबाट कुनै काम नभएको र अब कांग्रेसलाई बिगार्न सक्ने बताएका हुन्। 

एमाले बिगार्न नसकेर कांग्रेसलाई बिगार्न प्रचण्ड लागिपरेको भन्दै ओलीले भने, ‘हामीलाई बिगार्न प्रचण्डले खोजेका थिए । तर, सकेनन्। अहिले कांग्रेसमा गएका छन् । म भन्छु, होसियार कांग्रेस, प्रचण्डले सिध्याउलान्।’ 

कांग्रेस प्रचण्डको हात समाएर अघि बढ्नु पर्ने अवस्थामा रहेको टिप्पणी गर्दै ओलीले कांग्रेस विचार र नीतिमा पनि पुरानो भइसकेको बताए।  

Logo