महाधिवेशनको सम्मुखमा आइपुग्दासम्म मुख नखोलेका एमालेका नेताहरू महाधिवेशनस्थल नपुग्दै धमाधम उम्मेद्वारी घोषणा गर्न थालेका छन्।
१०औं महाधिवेशनमा उपाध्यक्ष भीम रावलले मात्र अहिलेसम्म औपचारिक रूपमा उम्मेद्वारी घोषणा गरेका छन्। आज बिहान चितवन पुगेका रामबहादुर थापा ‘बादल’ आफ्नो उम्मेद्वारीबारे मौन बसे। उनले सहमतिमा नेतृत्व चयन गर्ने बताए पनि अन्य नेताहरू भने भरतपुर विमानस्थल उत्रिएर उम्मेदवारी घोषणा गरिरहेका छन्।
नवौं महाधिवेशनमा महासचिवमा पराजित भएका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले विमानस्थलमै महासचिव पदमा आकांक्षा देखाएका छन्। उनले महासचिवबाहेकका पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गरे।
सचिव योगेश भट्टराईले पनि चितवन पुगेर सचिवमा दोहोरिने इच्छा व्यक्त गरेका छन्। उनले आफूसँग अझै १५ वर्ष सक्रिय राजनीति गर्ने सुविधा रहेको भन्दै अहिले सचिवमै दोहोरिन चाहेको बताए।
भरतपुर विमानस्थलबाटै केन्द्रीय सदय महेश बस्नेत र केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पनि सचिवमा उम्मेद्वारी दिने बताइसकेका छन्।
उता, एमाले कर्णाली प्रदेश सहसंयोजक यामलाल कँडेलले पनि सचिवमै उम्मेद्वार बन्ने चाहना चितवन पुगेर पनि दोहोर्याएका छन्।































प्रतिक्रिया