प्रदेश १ बाट एमाले महाधिवेशनमा ४५० बस सौराहा प्रस्थान

प्रदेश १ बाट एमाले महाधिवेशनमा ४५० बस सौराहा प्रस्थान

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको १०‍औं राष्ट्रिय महाधिवेशनका लागि ४ सय ५० बस सौराहा प्रस्थान गरेका छन्। प्रदेश १ बाट २५ हजार नेता कार्यकर्ता ओसार्न उक्त बस प्रयोग गरिएको जनाइएको छ।

महाधिवेशनमा सहभागी हुने नेता कार्यकर्ता ओसार्न थप दुई सय बढी निजी गाडी पनि प्रयोग गरिएको छ। प्रदेश १ का तराईका तीन जिल्लाबाट सबै भन्दा बढी गाडी प्रयोग भएका छन्। झापा, मोरङ सुनसरीबाट तीन सय बढी सार्वजनिक गाडी कार्यकर्ता ओसार्न प्रयोग गरिएको नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ।

एमाले १ नम्बर प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेका अनुसार प्रदेश भरबाट महाधिवेशनका लागि २५ हजार सहभागी हुदैछन्। 

महाधिवेशनमा सहभागी हुन नेता कार्यकर्ता जिल्ला-जिल्लाबाट हिँडिसकेको प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले बताए। गाडीको व्यवस्थापन भने जिल्ला तथा पालिका स्तरले आफैं गरेका छन्। 

महाधिवेशन प्रतिनिधिमा मोरङबाट सबै भन्दा धेरै ५७, झापाबाट ४९, सुनसरीबाट ४२, धनकुटाबाट १६, ओखलढुंगाबाट १२, इलामबाट २१, भोजपुर र तेह्रथुमबाट ९/९, खोटाङबाट १४, संखुवासभाबाट १३, उदयपुरबाट १६, सोलुबाट ७, पाँचथरबाट ८ ताप्लेजुङबाट १३ र प्रदेश १ मजदुर कोटाबाट ७ गरी कूल २ सय ९८ महाधिवेशन प्रतिनिधि चुनिएका थिए।

Logo