देउवाले ओलीलाई दिए बधाई, गरे एमालेको दशौं महाधिवेशनको पूर्ण सफलताको शुभकामना

देउवाले ओलीलाई दिए बधाई, गरे एमालेको दशौं महाधिवेशनको पूर्ण सफलताको शुभकामना

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीलाई बधाई दिएका छन्।

एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले हिजो ओलीलगायत धेरै वामपन्थी साथीहरू सँगै जेलमा बसेको स्मरण गर्दै त्यस्तो सम्बन्ध भएकाले लोकतन्त्र संस्थागत गर्न एमालेलाई आग्रह गरे।

‘सरकार निरन्तर संवाद र छलफलबाट हरेक समस्याको समाधान निकाल्न चाहन्छ। मुलुक कोभिडको महामारीका बेला सबै नागरिकलाई खोप दिनु आवश्यक थियो। विभिन्न मित्रराष्ट्रबाट प्राप्त सहयोगका लागि धन्यवाद दिन्छौं। कोभिड न्यूनीकरण भएको छ। आर्थिक अवस्था राम्रो हुँदै गएको छ,’ प्रधानमन्त्री देउवाले भने।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच ६ महिनापछि मञ्च सेयर भएको हो । देउवा प्रधानमन्त्री भएपछि ओलीसँगको संवाद ठप्प भएको थियो। तर, एमालेको महाधिवेशनमा देउवा र ओली सँगै मञ्चमा देखिए। बरु गठबन्धनमा आबद्ध दलका नेताहरू भने सबै सहभागी भएनन्।

Skip This
Skip This
Logo