दुईवटा कामका लागि केपी ओलीलाई सम्झन्छु: कमल थापा

दुईवटा कामका लागि केपी ओलीलाई सम्झन्छु: कमल थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएका छन् ।

शुक्रवार नेकपा एमालेको १० महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएका हुन् । उनले मधेसमा देखिएको पृथकतावादी आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु नै ओली नेतृत्वको सरकारको अविस्मरणीय काम भएको बताएका छन् । 

अध्यक्ष थापाले ओली नेतृत्वको सरकारले लिम्पियाधुरालाई समेत समेटेर चुच्चे नक्सा बनाइ त्यसलाई संविधानमा समेट्दै नेपाल र नेपाली जनतालाई अविस्मरणीय गुण लगाएको पनि बताए । पार्टी भित्रको आन्तरिक कलह र विवादका कारणले जनतालाई दिएको आश्वासनअनुसार काम गर्न नसकेका कारण उनले केपी ओली नेतृत्वको पछिल्लो सरकारबाट आफू त्यति सन्तुष्ट नभएको बताए ।

अध्यक्ष थापाले भने, ‘२ वटा प्रमुख कामका निम्ति केपी ओली र यो देशले सम्झिराख्नेछ, पहिलो काम मधेसमा देखिएको पृथकतावादी आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु हो, दोस्रो सबैभन्दा लिम्पियाधुरा समेत समेटेर चुच्चे नक्सा बनाएर त्यसलाई संविधानमा समेटेर नेपाल र नेपाली जनतालाई अविस्मरणीय गुण लगाउनुभएको छ ।’

अध्यक्ष थापाले अहिले देश शंकटको भुमरीमा परेको बताएका छन् । उनले लोकतन्त्रको आवरणमा देश बिस्तारै सर्व सत्तावादतर्फ उन्मुख भएको बताएका छन् । अध्यक्ष थापाले योजनाबद्ध र संगठित रुपमा गरिँदै आएको धर्म परिवर्तनले नेपालीहरूको सनातन, धार्मिक, सांस्कृतिक पहिचानलाई समाप्त पार्ने प्रयास भइरहेको आरोप समेत लगाएका छन् ।

अध्यक्ष थापाले भने, ‘अहिले देश शंकटको भुमरीमा परेको छ, लोकतन्त्रको आवरणमा बिस्तारै देश सर्वसत्तावादतर्फ उन्मुख हुन लागिरहेको संकेत पाइन्छ । योजनाबद्ध र संगठित रुपमा गरिँदै आएको धर्म परिवर्तनले हामी नेपालीहरूको सनातन, धार्मिक, सांस्कृतिक पहिचानलाई समाप्त पार्ने प्रयास भइरहेको छ । नेपालकै इतिहासमा अहिले सर्वाधिक भ्रष्टाचार व्याप्त रहेको छ । नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक स्थल बन्न सक्ने तड्कारो खतरा देखिएको छ । देशले तपाईँहरूबाट साहसिक निर्णयको अपेक्षा गरेको छ ।’

अध्यक्ष थापाले नेकपा एमालेले देशमा सहशील निर्णय गरेर देश जोगाउनेमा आफू विश्वस्त रहेको समेत बताएका छन् । उनले देशलाई संकटबाट बचाउन नेकपा एमालेका अध्यक्ष ओलीको आवश्यक रहेको बताए । 

Logo