भक्तपुरका चार वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को नगर सम्मेलन आज शनिबार हुने भएको छ। भक्तपुरका चाँगुनारायण, सूर्यविनायक, मध्यपुर थिमि र भक्तपुर नगरपालिकामा एकै दिन नगरसम्मेलन हुन लागेको हो।
सम्मेलनबाट जिल्लामा नयाँ नेतृत्व समेत चयन हुनेछ। पार्टी जिल्ला समन्वय समितिका संयोजक डिपी ढकालका अनुसार सहमति नभए निर्वाचनबाट नेतृत्व चयन हुनेछ।
यद्यपि जिल्ला समिति खारेज गरेको माओवादी केन्द्रमा जिल्ला सदस्यलाई समेत नगरमा समेट्नुपर्ने सकस भएकाे उनले स्वीकार गरे।
सम्मेलन चाँगुनारायणको तपादम्फोस्थित नगरपालिकाकै हलमा, सूर्यविनायकको सूर्यविनायक रिसोर्टमा, मध्यपुर थिमिको बालकुमारी मन्दिर प्राङ्गणमा र भक्तपुर नगरपालिकाको च्वङ्गागणेशस्थित नमस्ते ब्याङ्क्वेट हुने भएको छ।





























प्रतिक्रिया