नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दै सौराहमा नाराबाजी गरिएको छ । १०औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि २०–२५ जनाको समूहले होटल सेभेन स्टारको बन्दसत्र हलबाहिर अध्यक्ष ओलीको पक्षमा नाराबाजी गरेको हो ।
अध्यक्ष ओली पक्षका महाधिवेशन प्रतिनिधिले सर्वसम्मति गर्न दबाब दिन हलबाहिर नाराबाजी गरेका छन् । उपाध्यक्ष भीम रावलले एमाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । एमाले महाधिवेशनका लागि तयार पारिएको आचारसंहिता अनुसार कुनै पनि पक्षमा सभा–जुलुस गर्न, गराउन नपाइने उल्लेख छ ।





























प्रतिक्रिया