नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले वाग्मती प्रदेशको सभापतिमा उम्मेद्वारी दिने भएका छन्। नेता प्रधानले शनिबार दिउँसो ३ बजे रत्नपार्कको शान्तिबाटिकामा उम्मेद्वारी घोषणा गर्ने भएका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आगामी १६ र १७ मंसिरमा प्रदेश अधिवेशन हुँदैछ। सोही प्रयोजनका लागि प्रधानले वाग्मती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेका हुन्।
काठमाडौं कांग्रेसका पूर्वसभापतिसमेत रहेका प्रधान नेता कृष्णप्रसाद सिटौला समूहमा छन्। पछिल्लो समय प्रधानको निकटता कांग्रेस सभापति शेरबहादुर देउवासँग बढेको छ।
कांग्रेस नेता इन्द्रबहादुर बानियाँले पनि वाग्मती प्रदेशको सभापतिमा उठ्ने बताएका छन्। उनी मकवानपुर कांग्रेसका सभापतिसमेत हुन्। हाल उनी कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता पनि छन्।





























प्रतिक्रिया