नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावलतर्फ इंगित गर्दै उम्मेदवार बन्ने कसैको अधिकार नखोसिने बताएका छन्। उनले विधान अनुसारको अधिकार सबैले प्रयोग गर्न पाउने बताएका हुन्।
ओलीले सहमतिको प्रयास गर्दै आएको भए पनि रावलले अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका छन्। 'विधानअनुसार सबैलाई अधिकार रहन्छ। जबरजस्ती सहमति गरिँदैन। जबज पास भएकै महाधिवेशनबाट केन्द्रीय कमिटी सर्वसम्मत चुनिएको थियो। उम्मेदवारी बन्ने कसैको अधिकार खोसिँदैन', ओलीले भने ।
ओलीले ठट्टा गर्दै रावललाई मनोनयन नै नभएको अवस्थामा कसरी फिर्ता लिनुहुन्छ भनेका थिए। यसका साथै ओलीले सहमति र एकता भएको बताएका थिए ।





























प्रतिक्रिया