भीम आचार्य र टंक कार्कीले सचिव पदमा गरे उम्मेदवारी दर्ता

भीम आचार्य र टंक कार्कीले सचिव पदमा गरे उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले )का नेता भीम आचार्य र टंक कार्कीले १० औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

सौराहामा जारी दसौँ महाधिवेशनको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि नामावली पेस गरेका पनि असहमत रहेका नेताहरूले छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश एका पूर्व मुख्यमन्त्री भीम आचार्यसँगै टंक कार्कीले पनि सचिव पदमै उम्मेदवारी दर्ता गराएका छन् । 

यस अघि अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराइसकेका छन् भने वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवसहित पाँचजना पदाधिकारी निर्विरोध चयन भएका छन् ।

निर्विरोध निर्वाचित हुनेहरूमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन् ।

Skip This
Skip This
Logo