एमाले महाधिवेशन : प्रदेश २ पछि गण्डकी प्रदेशका सबै नाै जना निर्विरोध

एमाले महाधिवेशन : प्रदेश २ पछि गण्डकी प्रदेशका सबै नाै जना निर्विरोध

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको १०औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि गण्डकी प्रदेशबाट सबै नाै केन्द्रीय सदस्यका उम्मेदवार निर्विरोध हुने भएका छन्।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूची अनुसार गण्डकी प्रदेशवाट केन्द्रीय कमिटीमा आउने पुरुषतर्फका ६ र महिलातर्फका तीन गरी नाै कोटामा नाै जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विराेध हुने भएका हुन्।

गण्डकीबाट निर्विरोध निर्वाचित हुनेमा इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत क्षेत्री, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी छन् भने महिलातर्फ नरदेवी पुन मगर, मिनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्रीको मात्रै उम्मेदवारी परेकाले उनीहरू पनि निर्विरोध भएका हुन्। यद्यपि, यसको औपचारिक घोषणा भने केन्द्रीय निर्वाचन आयोगले गरिसकेको छैन।

Skip This
Skip This
Logo