एमाले महाधिवेशनः उम्मेद्वारी दर्ताबाट आयोगलाई २१ लाख २५ हजार आम्दानी

एमाले महाधिवेशनः उम्मेद्वारी दर्ताबाट आयोगलाई २१ लाख २५ हजार आम्दानी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको निर्वाचन समितिले १०औं महाधिवेशनमा उम्मेद्वारी शुल्कवापत मात्र २१ लाख २५ हजार रुपैयाँ उठाएको छ। 

समितिले अध्यक्षका लागि १५ हजार, पदाधिकारी र आयोग पदाधिकारीका लागि १० हजार, र केन्द्रीय सदस्य तथा आयोग सदस्यका लागि पाँच हजार शुल्क तोकेको छ। 

३०१ सदस्यीय केन्द्रीय कमिटी र ५० सदस्यीय आयोगको सदस्यका लागि मात्र ३६१ जनाले उम्मेद्वारी दर्ता गराएका छन्  भने आयोगसहित पदाधिकारीमा २८ जनाले उम्मेद्वारी दिएका छन्। उनीहरुबाट आयोगले १८ लाख पाँच हजार रुपैयाँ शुल्क उठाएको छ। 

केन्द्रीय अध्यक्षका दुईजना प्रत्यासीबाट ६० हजार रुपैयाँ उठाएको छ। आयोगका ६ जनासहित केन्द्रीय कमिटीका २० जना पदाधिकारीबाट आयोगले दुई लाख ६० हजार रुपैयाँ शुल्क उठाएको छ। 

आयोगले उम्मेद्वारी फिर्ता लिएपनि दर्ता गर्दा बुझाएको शुल्क फिर्ता नदिने भएकाले यो रकम निर्वाचन प्रयोजनका लागि खर्च गरिने निर्वाचन समितिले जनाएको छ। 

Logo