नेकपा उपाध्यक्ष वामदेव गौतम विरुद्धको मुद्दा सर्वोच्चमा आज सुनुवाई हुँदै

नेकपा उपाध्यक्ष वामदेव गौतम विरुद्धको मुद्दा सर्वोच्चमा आज सुनुवाई हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा मनोनीत नेकपाका उपाध्यक्ष वामदेव गौतम विरुद्ध परेका दुई फरक निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

बुधबार प्रकाशित पेसी–सूचीअनुसार अधिवक्ता बद्रीराज भट्टले दर्ता गरेको निवेदन पहिलो क्रममा रहेको छ भने त्यसलगत्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेको अर्को निवेदन रहेको छ । जुन दुबै निवेदन वामदेव गौतम विरुद्धका रहेका छन् । वरिष्ठ अधिवक्ता त्रिपाठीको निवेदनमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै नेकपालाई समेत विपक्षी बनाइएको थियो ।

‘प्रतिनिधि सभा निर्वाचनमा पराजितलाई संघीय संसद्को सोही कार्यकालमा राष्ट्रिय सभामा मनोनीत गरिनु संविधान र संविधानले ग्रहण गरेको शासन प्रणालीको प्रतिकूल भएको निवेदनमा उल्लेख गरिएको थियो । त्यसैले मन्त्रिपरिषद्को उक्त निर्णय लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप भएको दाबी गरिएको थियो ।

दुबै निवेदनको पेसी न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ ।

Skip This
Skip This
Logo