धनुषाका चार मध्ये तीन वटा क्षेत्रमा कांग्रेसको क्षेत्रीय अधिवेशन सर्वसम्मत सम्पन्न भएको छ। धनुषा प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नम्बर १, ३ र ४ मा क्षेत्रीय अधिवेशन सर्वसम्मत सम्पन्न भएको हो। क्षेत्र नम्बर २ को अधिवेशन हुन अहिले बाँकी नै रहेको छ। क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन आइतबार नै धिरेन्द्र निधीलाई क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन गर्दै सम्पन्न भएको थियो।
सोमबार क्षेत्र नम्बर १ र ४ को अधिवेशन सम्पन्न भएको हो। क्षेत्र नम्बर १ मा जीतनारायण यादवलाई क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन गरिएको छ।
त्यसैगरि, महाधिवेशन प्रतिनिधिमा कांग्रेस नेता आन्नद ढुङ्गाना, उनकी पत्नी पदमा ढुङ्गाना, प्रेमकिशोर साह, भोला परियार, लियाकत राईन, हरिनारायण साह, मनहरी श्रेष्ठ, प्रदीप यादवलगायत २५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको सबैला नगरपालिकाका मेयर विजय शंकर साहले जानकारी दिए।
त्यसैगरी, क्षेत्र नम्बर ४ मा कुमरकान्त झालाई क्षेत्रीय सभापतिमा चयन गर्दै क्षेत्रीय अधिवेशन सोमबार सम्पन्न भएको छ। महाधिवेशन प्रतिनिधिमा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेन्द्र यादव, पूर्व सांसद चन्द्रमोहन यादव, योगेन्द्र पजियार, समीर घिमिरे, वासुलाल महतो, राजकुमार महतो, इव्राहिम राईन, वीरेन्द्र साह, नबल यादव, बुलन यादव, सन्तोष यादव, कोमलकान्त झा, मनोज मिश्र, तुल्सा आचार्य, सरूँ लामा, रचना माथेमालगायत नेता सर्वसम्मत चयन भएका छन्।
कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री महेन्द्र यादवले क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशन बिना विवाद सर्वसम्मत सम्पन्न भएको बताए।
क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनसमेत सर्वसम्मतको प्रयास भइरहेको कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामकृष्ण यादवले बताए। क्षेत्रीय अधिवेशन सर्वसम्मत गरिने विषयमा आन्तरिक सहमति भइसकेको र मंगलबार त्यो मूर्तरूप लिने नेता यादवले बताए।
श्रोतका अनुसार क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशन सर्वसम्मत गराउन कांग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादव, जिल्ला अध्यक्ष महेश शंकर गिरी, जिल्ला सचिव विश्वेश्वर यादवलाई जिम्मेवारी दिइएको छ।





























प्रतिक्रिया