कांग्रेस कर्णाली: पाैडेल पक्षबाट भूपेन्द्रजंगको उम्मेद्वारी, देउवा पक्षबाट को-को छन् आंकाक्षी?

कांग्रेस कर्णाली: पाैडेल पक्षबाट भूपेन्द्रजंगको उम्मेद्वारी, देउवा पक्षबाट को-को छन् आंकाक्षी?

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा संस्थापनइतर (रामचन्द्र पौडेल) समूहबाट भूपेन्द्रजंग शाही उम्मेद्वार हुने भएका छन्। प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ। भाेलि मनाेनयन र पर्सी मतदानकाे कार्यतालिका छ।

तरुण दलका केन्द्रीय महामन्त्री भइसकेका शाही यसपटक प्रथम प्रदेश अधिवेशनबाट सभापतिमा भिड्न लागेका हुन्।

शाहीले कांग्रेस रुपान्तरणका लागि ३० बुँदे प्रस्ताव पेस गरेका छन् ।

संस्थापन पक्षबाट को-काे आकांक्षी ?
संस्थापन (शेरबहादुर देउवा) पक्षबाट कर्णाली प्रदेश सभापतिमा तीन जना आकांक्षी छन्। जुम्लाबाट ललितजंग शाही, जाजरकोटबाट राजिवविक्रम शाह र कालिकोटबाट कालीबहादुर सहकारी सभापतिकाे उम्मेद्वारका लागि लविङमा छन्। शाही र शाह तत्कालीन संविधानसभा सदस्य हुन् भने सहकारी कालिकोट जिल्ला पूर्वसभापति हुन्।

तीन जनामध्ये टिमभित्रबाट निर्विरोध छनोटका लागि नेताहरुले छलफल जारी राखेका छन्। छलफलबाट कुनै टुंगो नलागेमा कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीलाई सभापति उम्मेद्वार बनाउने तयारी भएको स्रोतले जनाएको छ।

Logo