नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट ३३.८८ प्रतिशत महिला नेतृ निर्वाचित भएका छन् । मंसिर १०-१४ गते चितवनको सौराहामा सम्पन्न भएको महाधिवेशनले एमालेको विधानमा गरिएको व्यवस्थाअनुरुप ३३ प्रतिशत महिला निर्वाचित भएका हुन् ।
एक उपाध्यक्ष र एक सचिवसहित एमालेको केन्द्रीय कमिटीमा १०२ जना महिला नेतृ निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उपाध्यक्ष, सचिव, प्रदेश १ र सूदुरपश्चिम प्रदेशको महिला सदस्यका लागि निर्वाचन भएको थियो । बाँकी सबै महिला नेतृहरु निर्विरोध केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
अघिल्लो कार्यकालमा १४ सदस्यीय पदाधिकारीमध्ये एक्ला महिला उपाध्यक्ष रहेकी अष्टलक्ष्मी शाक्य यसपटक पुनः उपाध्यक्षमै निर्वाचित भएकी छिन् । यद्यपी २०७१ सालमा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट शाक्यसँगै विद्या भण्डारी (हालकी राष्ट्रपति)उपाध्यक्षमा निर्वाचित भएका थिए । तर पछि भण्डारी राष्ट्रपति भएपछि पदबाट राजीनामा दिएकी थिइन् ।
गत असोजमा ललितपुरको गोदावरीमा सम्पन्न भएको पहिलो विधान महाधिवेशनले १५ जना पदाधिकारी, ४५ जना स्थायी कमिटी र २२५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको थियो। तर चितवनमा भएको दशौं राष्ट्रिय महाधिवेशनले विधानको व्यवस्थालाई परिमार्जित गर्दै १९ सदस्यीय पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो। त्यस्तै चितवन महाधिवेशनले ९९ सय सदस्यीय पोलिटब्यूरो थप गर्ने निर्णय समेत गरेको छ।
नयाँ व्यवस्थाअनुसार एमालेको १९ सदस्यीय पदाधिकारीमा २ जना महिला नेता निर्वाचित भएका छन्। उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य निर्वाचित भएका छन् भने सचिवमा पद्मा अर्याल निर्वाचित भएका छन्। यो सिंगो पदाधिकारी संख्याको १०.५२ प्रतिशत हो।
पदाधिकारीका लागि एमालेमा महिला कोटा आरक्षित गरिएको छैन। उपाध्यक्षमा निर्वाचित शाक्य र सचिवमा निर्वाचित अर्याल खुला कोटाबाटै निर्वाचित भएका हुन्। त्यसो त एमालेमा पदाधिकारी हुन सक्ने क्षमतावान महिला नेताको संख्या थुप्रै छ। तर पनि एमालेका शीर्ष नेतृत्वमा रहेका नेताहरु महिलाले चाहेर मात्रै शीर्ष नेतृत्वमा ल्याउन चाहँदैनन्।
अहिलेको अवस्थामा नेतृत्वले चाहेको अवस्थामा मात्रै पदाधिकारीमा आउन सक्ने अवस्था छ। किनभने पदाधिकारीमा महिला आरक्षित नगरिएका कारण पदाधिकारीमा दाबी गर्ने नेताहरुले पनि नेतृत्वले साथ नदिँदा चुपचाप बस्नुपरेको अवस्था छ। दशौं महाधिवेशनकै कुरा गर्ने हो भने पदाधिकारीमा नयाँ अनुहार महिला आउने चर्चा थियो। उपाध्यक्षमा राधा ज्ञवाली र उपमहासचिवमा विन्दा पाण्डे आउने चर्चा थियो। तर केपी ओलीले तयार पारेको सर्वसम्मतीको लिष्टमा उनीहरु पर्न सकेनन्। ज्ञवाली केन्द्रीय सदस्यमै समेत पर्न सकेनन् भने पाण्डे भने केन्द्रीय सदस्य बनेकी छिन्।
केन्द्रीय समितिमा परेका १०२ जना महिला नेतामध्ये दुईजना पदाधिकारी निर्वाचित शाक्य र अर्याल बाहेक बाँकी सबै विभिन्न कलष्टरमा आरक्षित महिला कोटाबाट निर्वाचित भएका हुन्। खुला पदाधिकारीमा २ जना महिला निर्वाचित हुँदा बाँकी आरक्षित महिला कोटाबाहेक अन्य खुला सदस्यमा एकजना पनि महिला निर्वाचित भएका छैनन्।
उप-महासचिवको तयारी गरे पनि अध्यक्ष ओलीले तयार पारेको सूचीमा नपरेकी विन्दा पाण्डे सर्वसम्मतिको नाममा उल्टो प्रकृया अपनाइएको बताउँछिन्। महाधिवेशनको प्रकृया शुरु भएपछि मनोनयन गर्दा गरेर सर्वसहमतिका लागि प्रयास गर्नुपर्नेमा अध्यक्ष ओलीले उम्मेद्वार दर्ता हुनुभन्दा पहिले नै सूची सार्वजनिक गरेर उल्टो प्रक्रिया शुरु गरेको नेतृ पाण्डेले बताइन्। ‘प्रक्रिया नै उल्टो भयो । पहिले उम्मेद्वारी दिएर त्यसपछि इच्छुकहरुबीच छलफल गरी सर्वसम्मतिको प्रयास गर्नुपर्ने थियो’, नेता पाण्डेले भनिन्, ‘तर सर्वसम्मतको नाममा जथाभावी गर्ने काम गरियो । जसरी अध्यक्षलाई जिम्मा दिने काम गरियो, हामीले जुन लोकतन्त्रको कुरा गरेका छौं प्रकृयागत हिसाबले उल्टो भयो ।’
यी हुन् केन्द्रीय समितिमा निर्वाचित महिला नेतृहरु
१. अष्टलक्ष्मी शाक्य – उपाध्यक्ष
२. पद्मा अर्याल – सचिव
सदस्यहरु
३. उशाकला राई
४. मञ्जु भण्डारी
५. मेनुका काफ्ले
६. कल्पना कुमारी कटुवाल
७. रञ्जना सरकार
८. रेखाकुमारी झा
९. पार्वती रावल
१०. पेम्बा लामा
११. रचना खड्का
१२. नरदेवी पुनमगर
१३. मिना गुरुङ
१४. सीमा क्षेत्री
१५. मेनका पोखरेल
१६. सरिता खनाल भुसाल
१७. सावित्रा अर्याल
१८. तिर्था गौतम
१९. मिनासिंह रखाल
२०. मोहनमाया ढकाल भण्डारी
२१. कमला कुमारी ओली
२२. कुमारी कमला बोहोरा
२३. सन्तोष शर्मा थापा
२४. बिनाकुमारी श्रेष्ठ
२५. कल्पना थापा
२६. अमृता सुब्बा
२७. ईश्वरी घर्ती मगर
२८. उर्मिला थेबे
२९. जुनेलीमाया श्रेष्ठ
३०. टसी स्याङ्बो गुरुङसेनी
३१. तारादेबी राई
३२. सावित्रा राना
३३. सूर्यकुमारी श्रेष्ठ
३४. कमलदेवी महतो
३५. जुलीकुमारी महतो
३६. ज्वालाकुमारी साह
३७. रितादेवी साह
३८. शिला यादव
३९. सरिताकुमारी गिरी यादव
४०. विष्णुमाया बिक
४१. रामरती देवी राम
४२. शिवकुमारी गोतामे सार्की
४३. सविता रसाइली
४४. गंगा चौधरी सत्गौवा
४५. मञ्जुकुमारी चौधरी
४६. साजिदा खातुन सिद्धिकी
४७. मञ्जुकमारी थापा मगर
४८. सीता लामा
४९. वदमी क्वारा बुढा बोहरा
५०. अम्बिका थापा
५१. इन्दु कडरिया
५२. उशाकिरण तिम्रेना
५३. श्रीमाया थकाली
५४. कोमल वली
५५. गीता अधिकारी
५६. गोमा आचार्य गुमा
५७. गौरीकुमारी ओली
५८. जानुका सिंखडा
५९. टूका हमाल
६०. डा. शिवमाया तुम्बाहाङ्फे
६१. तुलसाकुमारी दाहाल
६२. थममायाँ थापा
६३. दक्षिणा शाही
६४. दिपा शर्मा
६५. नविना लामा
६६. निरकुमारी कुँवर (निरु दर्लामी)
६७. निरुदेवी पाल
६८. निर्मला देवकोटा
६९. प्रतिक्षा तिवारी
७०. प्रभा बराल
७१. बालिका गिरी
७२. बिमला घिमिरे
७३. बुधनी देवी महतो
७४. भगवती चौधरी
७५. भगवती न्यौपाने
७६. भारती पाठक
७७. मनकुमारी जिसी (केसी)
७८. ममता गिरी
७९. मीना उप्रेती
८०. मैनाकुमारी भण्डारी
८१. लक्ष्मी गौतम
८२. लीलाकुमारी भण्डारी
८३. विद्या भट्टराई
८४. विना राई
८५. विन्दा ढुंगाना
८६. विन्दा पाण्डे
८७. सर्मीला कार्की
८८. शान्ता चौधरी
८९. शान्तीदेवी ढकाल
९०. शोभा ज्ञवाली
९१. सम्झना देवकोटा
९२. सकुन्तला बस्नेत
९३. सरस्वती बस्नेत
९४. सरिता न्यौपाने
९५. सीता गिरी ओली
९६. सीता न्यौपाने
९७. सीता पौडेल
९८. सिर्जना काफ्ले
९९. सीताकुमारी सुन्दास
१००. सुजिता शाक्य
१०१. सुनीता बराल
१०२. शुसिला नेपाल





























प्रतिक्रिया