मन्त्री श्रेष्ठको दाबी: भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्छ

मन्त्री श्रेष्ठको दाबी: भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्छ

केन्द्रबिन्दु
0
Shares

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्ने गरी सरकारले काम सुरु गरेको बताएकी छन्।

अघिल्लाे सरकारले भूमिहीनका लागि थुप्रै काम गरेकाे दाबी गरेपनि यथार्थमा त्यसाे नरहेकाे माओवादी केन्द्र भोटेकोसी गाउँपालिकाको प्रथम सम्मेलनमा मन्त्री श्रेष्ठले बताइन्। 

भूमिहीनको समस्या समाधानमा  प्रचार अनुसारको १० प्रतिशत काम पनि ओली नेतृत्वको सरकारले गर्न नसकेको उनकाे जिकिर छ।

माओवादी केन्द्र भाेटेकाेशी गाउँपालिका सम्मेलनले लाक्पा शेर्पाकाे अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन गरेको छ।

Logo