राप्रपा महाधिवेशन: राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानल

राप्रपा महाधिवेशन: राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानल

केन्द्रबिन्दु
0
Shares

राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानललाई टुंग्याएका छन् । बुधवारबाट सुरु भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको आफ्नो प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिने नेताहरूको नाम टुंग्याएका हुन् । 

लिङ्देनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डे, उपाध्यक्षमा दिल विकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । 

यसै गरी महामन्त्रीमा डा. धवलशमशेर राणा, रामचन्द्र तिमल्सिना र रेखा थापाले उम्मेदवारी दिने गरी लिङ्देनले नाम टुंग्याएका राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए । 

महाधिवेशन प्रतिनिधिको विवाद नटुंगिएकाले शुक्रवार मनोनयन दर्ता हुने भएको छ ।

Skip This
Skip This
Logo