राप्रपाको एकता महाधिवेशन काठमाडौंमा चलिरहेको छ। गत बुधबारबाट सुरू भएको महाधिवेशनमा शुक्रबार उम्मेदवार मनोनयन दर्ता गरिएको छ भने शनिबार नेतृत्व चयनका लागि मतदान हुनेछ।
अध्यक्ष पद बाहेक पदाधिकारी र सदस्यको भोटिङ मेसिनबाट मतदान गरिने भएको छ। अध्यक्ष पदमा भने मतपत्र प्रयोग गरिने राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए।
मतदानको अघिल्लो दिन शुक्रबार महाधिवेशनस्थलमा नेताहरू भोट माग्न व्यस्त छन्। अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेद्वारी परेको छ।
नायिका रेखा थापा पनि लिङ्देन समूहबाट महामन्त्रीको उम्मेद्वारी दिएकी छन्। उनी पनि भोट माग्न व्यस्त देखिन्छिन् ।































प्रतिक्रिया