नेकपा एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो: नारायणकाजी श्रेष्ठ

नेकपा एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो: नारायणकाजी श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली कम्युनिस्टको वैचारिक कार्यदिशाबाट विचलित भएको बताएका छन्।

माओवादी केन्द्र महोत्तरीको बर्दिबासमा प्रथम नगर सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले प्रधानमन्त्री बन्नकै लागि केपी शर्मा ओलीले प्रतिगमन र विसर्जनवादलाई अंगालेको पनि आरोप लगाए।

समाजवादी क्रान्तिबाट नै सुखी नेपालको परिकल्पना गर्न  सकिने र यसको लागि कम्युनिस्टहरूले  सत्ताको नेतृत्व गर्नुपर्ने उनको जिकिर छ।

क्रान्तिकारी पक्षधरहरूसँग नै कम्युनिस्टहरूले सहकार्य र कार्यगत एकता गर्नुपर्ने उल्लेख गर्दै नेता श्रेष्ठले वैचारिक, कार्यगत र रणनीतिसहितको मोर्चा बन्दी गर्दै पार्टीलाई मजबुत बनाउनु पर्नेमा जोड दिए।

माओवादी केन्द्र कहिल्यै पद र सत्ताको लोभ नगर्ने र जनमुखी कार्यहरूमा सहकार्य गर्दै आएको पनि उनको भनाइ छ। नेता श्रेष्ठले पद भन्दा पनि विचारमाथि हुनुपर्ने बताए। उनले भने, 'केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नकै लागि एकता गरे अनि सहमतिलाई पनि तोडे।'

समाजवादी क्रान्तिलाई स्थापित गराउन कम्युनिस्टहरूको लागि अपूर्व अवसर आएको र त्यसलाई वैचारिक कार्यदिशामा मतभेद र सत्तालुप्साकै कारण सुरक्षित गर्न नसकिएको पनि नेता श्रेष्ठले दाबी गरे।

Skip This
Skip This
Logo