बिहान ८ बजे तय भएकाे राप्रपा मतदान अझै सुरु भएन, प्रतिनिधि आक्राेशित

बिहान ८ बजे तय भएकाे राप्रपा मतदान अझै सुरु भएन, प्रतिनिधि आक्राेशित

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान ११ बज्दा पनि सुरु भएकाे छैन।

निर्वाचन अधिकृत राजु बस्नेतले उम्मेद्वारकाे नाम रुजुकाे काम भइरहेकाले मतदानमा ढिलाइ भएकाे बताए। तर, मतदानमा ढिलाइ भएकाे भन्दै महाधिवेशन प्रतिनिधि आक्राेशित बनेका छन्।

राप्रपाकाे नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन्। उनीहरु मत माग्न व्यस्त छन्।

चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ। पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको छ।

एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेद्वारी परेको छ।

सदस्यमा १४१ मध्ये दुई सय ६४ जनाको उम्मेदवारी परेको उनले बताए। अध्यक्षको मतपत्र र पदाधिकारीसहित सदस्यको विद्युतीय मेसिनबाट गर्ने सहमति भएको बस्नेतले बताए।

Logo