कांग्रेस महाधिवेशन: गण्डकीमा मतदान सकियो, आजै मतगणना

कांग्रेस महाधिवेशन: गण्डकीमा मतदान सकियो, आजै मतगणना

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनअन्तर्गत मतदान सकिएको छ। शनिबार बिहान पौने १० बजेदेखि सुरु भएको मतदान भर्खरै सकिएको हो।

गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ। यहाँ एक हजार एक सय ६० मतदाता थिए। गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन इतरको प्रतिस्पर्धा छ। 

संस्थापन पक्षबाट अर्जुन जोशीले नेतृत्व गरेका छन् भने इतरबाट शुक्रराज शर्मा सभापतिको उम्मेद्वार छन्। दुवै हेभिवेट नेता भएकोले नतिजा कसको पोल्टामा पर्छ भन्ने आकलन गर्न नसकिने प्रतिनिधिहरूकाे भनाइ छ। त्यसो त, जिल्ला सभापति हेर्दा संस्थापन पक्ष बलियो छ भने प्रदेश महाधिवेसन प्रतिनिधिमा पैडेल समूहको बहुमत रहेको आंकलन गरिएको छ।

धेरैले प्यानलमा मतदान नगर्ने अवस्था छ। युवापुस्तामा जोशी बलियो छन् भने पाका नेताहरुले शर्मालाई रोज्न सक्छन्। त्यसमाथि शर्मा सबैभन्दा धेरै मतदाता भएको जिल्ला कास्कीका हुन्। कास्कीमा तीन निर्वाचन क्षेत्र छ। जोशी पर्वतका हुन्, जहाँ एउटा मात्रै निर्वाचन क्षेत्र छ। भुगोलको प्रभाव पर्याे भने शर्माको पल्ला भारी हुन सक्ने मतदाताकाे अनुमान छ।

Logo