राप्रपा अध्यक्षमा लिङ्देनकाे अग्रता, मतगणना जारी

राप्रपा अध्यक्षमा लिङ्देनकाे अग्रता, मतगणना जारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता राखेका छन्। शनिबार राति सम्पन्न निर्वाचनको मतगणनामा लिङ्देनले अग्रता राखेका हुन्।

लिङ्देनले हालसम्म १३७१ मतसहित अग्रता राखेका छन्। अध्यक्षका अर्का प्रत्यासी कमल थापाले १२५४ मत पाएका छन्। याे नतिजाअनुसार थापा ११७ मतले पछि परेका छन्। निर्वाचन समितिका अनुसार ३३९ मत बदर भएको छ। 

अध्यक्षको मत परिणाम आएपछि मात्र अन्य नतिजा सार्वजनिक गरिनेछ। राप्रपाको शनिबार अबेर सम्पन्न भएको मतदानमा ३ हजार ८ सय ७३ जनाले मतदान गरेका थिए।

Logo