सभापतिको साझा उम्मेद्वार तय गर्न चाक्सीबारीमा संस्थापनइतर समूह छलफलमा

सभापतिको साझा उम्मेद्वार तय गर्न चाक्सीबारीमा संस्थापनइतर समूह छलफलमा

केन्द्रबिन्दु
0
Shares

सभापतिको साझा उम्मेद्वार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक चाक्सीबारीमा सुरु भएको छ। बुधबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको संस्थापनइतर समूहको छलफल विना निष्कर्ष सकिएको थियो।

नेता प्रकाशमान सिंहको निवासमा जारी बैठबकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, डा.शेखर कोइराला, डा.रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, बलबहादुर केसीलगायतका नेताहरू सहभागी छन्। 

बैठकले आजै सभापतिको साझा उम्मेद्वार तय गर्ने नेताहरूले जानकारी दिएका छन्। इतर समूहबाट सभापतिमा पौडेल, सिंह र कोइरालाद्वय आकांक्षी छन्।

Skip This
Skip This
Logo