महामन्त्रीका उम्मेद्वार गगन थापा आज अवधारणापत्र सार्वजनिक गर्दै

महामन्त्रीका उम्मेद्वार गगन थापा आज अवधारणापत्र सार्वजनिक गर्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीका उम्मेद्वार गगनकुमार थापाले आज बिहीबार अवधारणापत्र सार्वजनिक गर्ने भएका छन्।

थापाकाे सचिवालयका अनुसार उनले दिउँसाे ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा 'समुन्नत नेपाल: सम्मानित नेपाली’ संकल्पसहितकाे अवधारणापत्र सार्वजनिक गर्न लागेका हुन्।  

'समुन्नत नेपाल: सम्मानित नेपाली’ संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन कांग्रेसको पुनर्जागरण र रुपान्तरणका लागि मेरो अवधारणा सार्वजनिक गरिने कार्यक्रममा तपाईंको गरिमामय उपस्थिति एवं सल्लाह सुझावको अपेक्षा गरेको छु,' थापाले भनेका छन्।

भाेलि शुक्रबारबाट सुरु हुने कांग्रेस महाधिवेशनमा थापाले महामन्त्रीमा उम्मेद्वारी दिँदैछन्।

Logo