महाधिवेशन उद्घाटन अघिल्लो दिन कांग्रेस केन्द्रीय समिति बैठक

महाधिवेशन उद्घाटन अघिल्लो दिन कांग्रेस केन्द्रीय समिति बैठक

केन्द्रबिन्दु
0
Shares

महाधिवेशनको पूर्वसन्ध्यामा सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार बिहान साढे १० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बैठक बस्न लागेको हो।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थिति हुनेछ।

शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनको अघिल्लो दिन कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो। आगामी महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुन: नेतृत्वका लागि चुनाव लड्दैछन्। संस्थापनइतरबाट भने सभापतिका साझा उम्मेद्वारकाे तय भइसकेकाे छैन।

Skip This
Skip This
Logo