नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका छन्। महाधिवेशन सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा सभापतिमा साझा उमेद्वारी चयन गर्न नसकेका वरिष्ठ नेता रामचन्द्र पौडललाई सिंहको यो अभिब्यक्तिपछि थप संकट निम्तिएको छ।
पार्टीभित्रको शक्ति राजनीतिका कारण नेपाली कांग्रेसले जनताले सोचेअनुरुप ट्रयाक समाउन नसकेको भन्दै सिंहले पार्टीलाई विधि विधानअनुसार चलाउन र समावेशी रुपमा पार्टीलाई अगाडि बढाउन आफ्नो सभापतिमा दाबी रहेको र सभापतिको दाबीबाट पछि नहट्ने बताए।
काठमाडौंको बानेश्वरमा आज सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पाटीलाई विधिसम्मत नियम सम्मत र संस्थागतरुपमा अगाडि बढाउन र सम्पूर्ण चुनौतीलाई सामना गर्दै आफूले कांग्रेसलाई विशुद्ध प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गराउने एजेण्डाका साथ सभापति पदका लागि दाबी गरेको बताए।
कार्यक्रममा सिंहले कांग्रेसलाई एकताबद्ध हुन किसुनजीले गरेको त्यागलाई कुनै पनि नेताले आत्मसाथ गर्न नसकेको भन्दै दु:खसमेत ब्यक्त गरे।





























प्रतिक्रिया