कांग्रेस महाधिवेशनका प्रतिनिधिलाई धमाधम पास वितरण

कांग्रेस महाधिवेशनका प्रतिनिधिलाई धमाधम पास वितरण

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। महाधिवेशन प्रतिनिधिहरूलाई बुधबार साँझदेखि प्रतिनिधि पास वितरण भइरहेको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि कार्ड वितरण भइरहेको हो। महाधिवेशनका लागि खटिएका स्वयंसेवक अशोक बिष्टका अनुसार कार्ड लिनका लागि प्रतिनिधिहरू स्वयं उपस्थित हुनुपर्नेछ। 

तीन हजार रुपैँयाँ दस्तुर लिएर रसिदसहित कार्ड उपलब्ध गराइएको आयोजकले जनाएको छ।

Skip This
Skip This
Logo