नयाँ कार्यसमितिले पार्टीको एजेण्डा स्थापित गर्नुपर्छः नेता लोहनी

नयाँ कार्यसमितिले पार्टीको एजेण्डा स्थापित गर्नुपर्छः नेता लोहनी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहनीले एकता अधिवेशनबाट छनोट भएको कार्यसमितिले पार्टीको एजेण्डा स्थापित गर्नुपर्ने बताएका छन्।

नयाँ कार्य समितिलाई शुभकामना दिन बिहीबार पार्टीले आयोजना गरेको कार्यक्रममा उनले नेपाललाई हिन्दुराष्ट्र कायम गर्ने र संवैधानिक राजसंस्था स्थापित गर्ने गरी राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्ने बताएका हुन्। 

नेता लोहनीले पार्टीको आदर्शलाई अवलम्बन गरी मुलुकमा बलियो शक्तिका रुपमा राप्रपालाई स्थापित गराउने कार्यमा लाग्न नेतृत्वपङ्क्तिलाई आग्रह गरे। पार्टीका अर्का नेता पशुपतिशम्शेर जवराले केही महिनामा स्थानीय तहको निर्वाचन आइरहेकाले चुनावमा सफलता प्राप्त हुनेगरी देशभर सङ्गठन विस्तार तथा सुदृढीकरण गर्न निर्देशन दिए। उनले अधिवेशनले निर्वाचित गरेको कार्यसमितिलाई सबैले सम्मान गर्नुपर्ने बताउँदै प्रतिस्पर्धाबाट पराजय भएका समूहले पार्टी फुटाउन नसक्ने बताए।

Skip This
Skip This
Logo