पौडेल पक्षीय केन्द्रीय सदस्यको बैठक बस्दै, देउवा आन्तरिक परामर्शमा

पौडेल पक्षीय केन्द्रीय सदस्यको बैठक बस्दै, देउवा आन्तरिक परामर्शमा

केन्द्रबिन्दु
0
Shares

१४औँ महाधिवेशन सुरु हुनुअघि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारमा आन्तरिक परामर्शमा छन्।

पदाधिकारीमा उम्मेद्वारका आकांक्षी बढी भएपछि सकस भइरहेका बेला देउवाले आफू पक्षीय पदाधिकारी र नेताहरूसँग आन्तरिक परामर्श गरिरहेका हुन्।

संस्थापन पक्षबाट देउवा सभापतिका उम्मेदवार भए पनि सबैभन्दा बढी चासाे महामन्त्रीमा छ। महामन्त्रीमा बालकृष्ण खाण, ज्ञानेन्द्र कार्की, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, एनपी साउँद लगायतले दाबी गरिरहेका छन्।

नेता कृष्ण सिटाैला समूहले पनि संस्थापन पक्षतिर झुकाव राखेकाले उक्त समूहलाई मिलाउनुपर्ने बाध्यता देउवालाई छ। सिटाैलाले उपसभापतिसहितका पद मागिरहेका छन्। उक्त समूहबाट प्रदीप पाैडेल पनि महामन्त्रीका आकांक्षी हुन्।

त्यस्तै, सभापतिको साझा उम्मेदवारबारे निर्णय गर्न नसकेको संस्थापन इतरको पनि आज बैठक बस्दैछ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बिहान बजे बत्तिसपुतलीमा बैठक बोलाएका हुन्। 

संस्थापन इतरबाट वरिष्ठ नेता पौडेलसहित प्रकाशमान सिंह, शेखर कोइराला तथा शशांक कोइरालाले सभापतिमा दाबी गरिरहेका छन्। सहमति जुटन नसकेपछि सिंहले शनिबार उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने बताइसकेका छन्।

शेखरले पनि सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान थालिसकेका छन्। 

Skip This
Skip This
Logo