कांग्रेस महाधिवेशनमा नेता र पाहुना आउने क्रम जारी

कांग्रेस महाधिवेशनमा नेता र पाहुना आउने क्रम जारी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस महाधिवेशन सुरू हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा अहिले कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिन पाहुना आउने क्रम सुरू भइसकेको छ। 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुको पुगिसकेका छन् । 

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस शीर्षनेताहरू पनि महाधिवेशनस्थल पुगेका छन् । 

दिउँसो १ बजे सुरु हुने भनिए पनि सो समयबाट सांस्कृतिक कार्यक्रम सुरु गरिएकाे छ। औपचारिक रुपमा उद्घाटन भने गरिएको छैन। अहिले कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरिरहेका छन्। साथै विभिन्न जातजातिको झाँक्री प्रस्तुत गरिएको छ।  

Skip This
Skip This
Logo