हृदयेश त्रिपाठीको नेतृत्वमा नयाँ पार्टी घोषणा हुँदै, नाम जनता प्रगतिशील पार्टी

हृदयेश त्रिपाठीको नेतृत्वमा नयाँ पार्टी घोषणा हुँदै, नाम जनता प्रगतिशील पार्टी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको सूर्य चिन्हबाट स्वतन्त्र उम्मेद्वार भई प्रतिनिधिसभा सदस्यमा विजयी भएका हृदयेश त्रिपाठीले अन्ततः नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।

तराई मधेस केन्द्रित राजनीति छाडेपछि सूर्य चिन्हबाट विजयी त्रिपाठीले २८ मंसिरमा एभरेस्ट होटल, बानेश्वरमा नयाँ राजनीतिक दलको घोषणा गर्न लागेका हुन्।

‘२८ मंसिर बिहान ११ बजे एभरेस्ट होटलमा कार्यक्रम आयोजना गरी नयाँ राजनीतिक दलको घोषणा गर्दछौं,’ त्रिपाठीले न्युज कारखानासँग भने, ‘जनता प्रगतिशील पार्टी (जप्रपा) को घोषणासँगसँगै पार्टीको झन्डा र लोगो पनि सार्वजनिक गर्नेछौं ।’ नयाँ राजनीतिक दलको अवधारणा र घोषणापत्र लेखनको कार्यक्रम अन्तिम अवस्थामा पुगेको जनाउँदै त्रिपाठीले २८ मंसिरमै सार्वजनिक गर्ने जनाएका छन्।

त्रिपाठीले नेतृत्व गर्ने जप्रपाका अन्य केन्द्रीय नेतृत्वका बारेमा भने कुनै कुरा खोल्न चाहेनन् । ‘नेतृत्व पनि त्यही दिन घोषणा हुनेछ,’ त्रिपाठीले भने। एमालेको सूर्य चिन्हबाट विजयी भए पनि ‘स्वतन्त्र राजनीतिक समूह’ बाट गतिविधि गर्दै आएका त्रिपाठीले चार वर्षपछि मात्र अर्थात् २८ मंसिरमा नयाँ राजनीतिक दल घोषणा गर्न लागेका हुन् ।

Skip This
Skip This
Logo