एक्लै हिँडे अहंकार मात्रै हुन्छः प्रचण्ड

एक्लै हिँडे अहंकार मात्रै हुन्छः प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि पार्टीले एक्लै हिँड्ने प्रयत्न गरे अहंकार मात्रै हुने बताएका छन्। 

शुक्रबार नेपाली कांग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले प्राप्त उपलब्ध पनि सामूहिक रुपमा हासिल गरेको र आगामी दिन पनि कसैले एक्लै हिडे अहंकार मात्रै हुने उनले बताए। 

उनले सत्ता साझेदारमा रहेका दलहरूप्रति संकेत गर्दै यस्तो बताएका हुन्। आउँदै गरेको स्थानीय तहको निर्वाचन, प्रदेश र संघको निर्वाचनलाई समेत लक्षित गर्दै उनले सबै सँगै जानु पर्ने बताए ।   

अध्यक्ष प्रचण्डले राजनीतिक दल र तिनका नेताहरुलाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिने गरेको बताएका छन्। 

काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले अहिले पनि दल र तिनका नेताहरुलाई बद्नाम गराउन खोजेको बताए। 

‘अघि एक जना नेता (राजेन्द्र लिङ्देन)ले भन्नुभयो– नेता आयो भने चोर आयो भन्छन्’, उनले भने, राजनीतिक दल र तिनका नेतालाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिन्छ।’ 

आन्दोलन र सडकमा रहँदा जनतामाझ गरिएको वाचा पूरा गर्न सत्तामा पुगेका बेला बिर्सिने राजनीतिक परिपाटीको समीक्षा गर्नुपर्ने बताएका उनले सरकार र दल भ्रष्टाचार नियन्त्रण गरेर जनताको चाहना र प्रतिबद्धता पूरा गर्न किन सकिएन भनेर समीक्षा गर्नुपर्ने बताए। 

सत्तामा पुगेपछि नेताहरुमा दम्भ बढेर आउने भएकाले काम गर्न नसकेको आफैँले अनुभव गरेको बताएका प्रचण्डले गत वर्षदेखि गणतन्त्र र राजनीतिक उपलब्धीमाथि खतरा बढेर गएको देखेको बताए। 

शान्ति वार्ता गर्ने पहिलो व्यक्ति शेरबहादुर देउवा रहेका भन्दै उनले शान्ति प्रक्रियालाई विभिन्न चुनौती पार गरेर पूरा गरेको बताए। 

Logo