उम्मेद्वार टुंगो लगाउन कांग्रेस संस्थापन इतरको बैठक जारी

उम्मेद्वार टुंगो लगाउन कांग्रेस संस्थापन इतरको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठक सुरु भएको छ। काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा शुक्रबार साँझ बैठक बसिरहेको हो।

महाधिवेशनको उद्घाटन सकिएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु बत्तिसपुतली पुगेका हुन्। 

महाधिवेशनमा साझा उम्मेद्वार चयनका लागि उनीहरु छलफलमा जुटेका हुन्। उक्त बैठकमा सभापतिका दाबेदारहरु सबै सहभागी हुने बताइएको छ।

इतर पक्षमा चार जना सभापतिका आकांक्षी रहेका छन्। रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहले दाबेदारी प्रस्तुत गरिरहँदा इतर पक्षले सभापतिको टुंगो लगाउन सकेको छैन। 

फाइल फाेटाे

Logo