नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी रहेका शशांक कोइरालाले आफू सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएको बताएका छन्।
शुक्रबार महाधिवेशनको उद्घाटन समारोह सकिएसँगै बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साझा उम्मेद्वार चयनका लागि जुटेका संस्थापन इतर पक्षको बैठकबाट बाहिरिँदै नेता कोइरालाले आफू सभापतिको दौडबाट बाहिरिएको जानकारी दिए। आकांक्षी तीन जनाबीच सहमति नजुटेको उनले बताए ।
‘म प्रतिस्पर्धाबाट बाहिरिसकेको छु’ कोइरालाले भने ‘तीनजना बीचमा सहमति हुन सकेको छैन।’
कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेद्वार बनाउनु पर्ने बताए। 'शेखर र प्रकाशमान बाहिरिएर रामचन्द्र पौडेललाई नै साझा उम्मेद्वार बनाउनुपर्छ' उनले भने ।





























प्रतिक्रिया