संस्थापनबाट सिटौला पक्षका प्रदीप पौडेल महामन्त्रीका उम्मेद्वार

संस्थापनबाट सिटौला पक्षका प्रदीप पौडेल महामन्त्रीका उम्मेद्वार

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको संस्थापन पक्ष र नेता कृष्णप्रसाद सिटौला पक्ष मिलेर निर्वाचनमा जाने भएका छन्। 

शुक्रबार उद्घाटन भएको कांग्रेको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा र नेता सिटौला पक्षबीच पदाधिकारीमा भागबण्डा मिलेसँगै नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा एक हुने भएको हो । 

महाधिवेशनमा संस्थापन पक्षबाट कृष्णप्रसाद सिटौला समूहमा रहेका प्रदीप पौडेललाई महामन्त्रीको उम्मेद्वार बनाउने गरि सहमति भएको हो। 

सिटौला पक्षमा रहेका नेविसंघ महामन्त्री बलदेव तिमिल्सिनाका अनुसार देउवा र सिटौला पक्षबीच यसबारे सहमति भएको हो।

दुई पक्षबीच पौडेललाई महामन्त्री बनाउने गरि सहमति भएको उनी निकट स्रोतको दाबी छ। यसअघि सिटौलाले महाधिवेशनको उद्घाटनमा प्रदीप पौडेलाई भोटसमेत मागेका थिए। 

Logo